झापाको बुद्धशान्तिमा भएको सवारी दुर्घटनामा परी एक जनाको घट्नास्थलमै ज्यान गएको छ । ज्यान गुमाउने व्यक्तिको सनाखत हुन बाँकि छ ।
बुद्धशान्ति ३ स्थित धाइजन नजिक मे २ प ६९८४ नम्बरको गुडिरहेको मोटरसाइकललाई पिकअपले ठक्कर दिँदा दुर्घट्ना भएको प्रहरीले जनाएको छ ।
बुधबारे ट्राफिक प्रमुख चन्द्र राउतका अनुसार ईलामतर्फबाट आउँदै गरेकोे मोटरसाइकललाई चारालीबाट जाँदै गरेको पिकअपले ठक्कर दिएको हो । घट्नाबारे अनुसन्धान भईरहेको राउतले जानकारी दिए ।