माफ गरीदिनुहोला साथिहरु
मनमा न राख्नुहोला कुनै रीस
जाँदैछु, मँ साल दुई हज़ार बीस
|||||||||||||||||||||||||
राम्रै स्वागत गर्नु भा थियो मेरो पनि
त्यसैले ख़ुशी त मैले नि बोकेरै आको थिएँ
परिस्थितिले दास बनाई दियो मलाई
खुशियाली बाँड़ने कसम त मैले नि खाको थिएँ
मेरो कमी पूरा गर्न आऊँदैछ कान्छो भाई दुई हज़ार एक्काईस
जाँदैछु, मँ साल दुई हज़ार बीस
|||||||||||||||||||||||||
अरु जस्तो थिएँन म, शायद अलि बेग्लै थिएँ
एक्काईसौं सदीको शापित वर्ष म एक्लै थिएँ
ख़ुशी दिनेछन् अरुले म जस्ता छैनन् अरु
दिल खोलेर स्वागत उनको, तपाईहरुले गर्नु बरु
ख़ुशी बाँड़न नसक्ने लिएर मनमा अधुरो टीस
जाँदैछु, मँ साल दुई हज़ार बीस
|||||||||||||||||||||||||
ख़ुशी, आराम, जागरी र व्यापार खोसें
तपाईलाई यस्तो लाग्न सक्छ
म प्रति तपाईको घृणा स्वाभाविक हो,
तर विधिको विधानलाई कसले टार्न सक्छ
विशाल ह्रदयका साथ यतै पोखीदिनुहोस आफ्नो रीस !
जाँदैछु, मँ साल दुई हज़ार बीस
|||||||||||||||||||||||||
तपाईहरुलाई बाँड़न न सके पनि, प्रकृतिलाई बाँडेको छु खुशियाली
नदिहरुमा सफा पानी र बोट बिरुवामा हरियाली
हिमालयले झर्ना, बगैचाले फूल र बेघर पशु-पन्छीहरुले छाया पाए
धड़कनले साँस, जीवनले अर्थ र आफन्तहरुले माया पाए
ख़ुशीलाई सम्झनामा राख्नुहोला, बिर्सेर आफ्नो रीस
जाँदैछु, मँ साल दुई हज़ार बीस
|||||||||||||||||||||||||
जो पाठ मिल्यो त्यसलाई अब नभुल्नु
प्रकृतिसँग अब कहिल्यै नखेल्नु
संसार सबैको हो, यो कुरा सधैं याद राख्नु
धेरैको आस नगर्नु, थोरैको मात्र माँग गर्नु,
लोभको जीवनलाई सधैंको लागि त्याग गर्नु
ख़ुशीको वर्ष आऊँदैछ दुई हज़ार एक्काईस
जाँदैछु, मँ साल दुई हज़ार बीस
|||||||||||||||||||||||||