शनिबार दिउँसो पुतलीबजार नगरपालिका ११ स्थित बगालथोकमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते भएका छन् ।
पोखराबाट वालिङतर्फ जाँदै गरेको लु १ ख ६५९४ नम्बरको ट्रक र पर्वतको फोक्सिङ्बाट पोखरा जाँदै गरेको ना ५ ख ५१३९ नम्बरको बस सिद्धार्थ राजमार्गमा ठोक्किँएका हुन् ।
दुर्घटनामा घाइते भएकामध्ये ५ जनालाई थप उपचारको लागि पोखरा रिफर गरिएको छ। अन्य १२ जनाको जिल्ला अस्पताल स्याङ्जामा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
ठोक्किँएका बस र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिए अनुशार घाईतेहरूको बिबरण यस प्रकार रहेको छ ।
१)जिल्ला स्याङजा अर्जुनचौपारी गा.पा. २ बस्ने वर्ष ३८ को घमनसिङ गुरुङ – GMC अस्पताल पोखरामा उपचार हुँदै
२) जिल्ला स्याङजा अर्जुनचौपारी गा.पा. ३ घर भई हाल पोखरा बस्ने वर्ष ३५ की जमुना काफ्ले, अस्पताल पोखरामा उपचार हुँदै
३)जिल्ला पर्वत महासिला गा.पा. ५ घर भई सोही वसको सह चालक काम गर्ने वर्ष २८ को अमृत वि.क., पोखरामा उपचार हुँदै
४) ट्रक चालक जिल्ला पाल्पा तानसेन न.पा. ८ डुम्रे वस्ने वर्ष ४३ को खुम व.दंगाल, पोखरामा उपचार हुँदै ।
५) जिल्ला स्याङ्जा अर्जुनचौपारी गा.पा. ४ बस्ने वर्ष ६८ की जमुना गुरुङ, पोखरामा उपचार हुँदै
६) जिल्ला स्याङ्जा अर्जुनचौपारी गा.पा. ६ बस्ने वर्ष ६३ की तुलसी काप्ले दाहिने कोखामा भित्री चोट अवस्था मध्यम, जिल्ला अस्पताल स्याङ्जामा उपचार भई रहेको ।
७) जिल्ला स्याङ्जा पुतली वजार न.पा. १३ बस्ने वर्ष ५६ को सालिग्राम सुनार,मुख र खुट्टामा चोट,अवस्था सामान्य , जिल्ला अस्पताल स्याङ्जामा उपचार भई रहेको ।
८) जिल्ला स्याङ्जा पुतली वजार न.पा. १३ बस्ने वर्ष ५० की उमादेवी सुनार,टाउकोमा सामान्य चोट,सामान्य , जिल्ला अस्पताल स्याङ्जामा उपचार भई रहेको ।
९) जिल्ला पर्वत महासिला गा.पा २ पर्वत वस्ने वर्ष ३० की चेत कुमारी नेपाली दाहिने खुट्टामा चोट,सामान्य , जिल्ला अस्पताल स्याङ्जामा उपचार भई रहेको ।
१०) जिल्ला स्याङ्जा अर्जुनचौपारी ३ बस्ने वर्ष ७६ को रुम व.गुरुङ,दाहिने आखा मुनी सामान्य चोट,सामान्य , जिल्ला अस्पताल स्याङ्जामा उपचार भई रहेको ।
११) जिल्ला स्याङ्जा पुतली वजार ११ वस्ने वर्ष ८३ को शेषकान्त अर्याल,दाहिने खुट्टमा चोट,सामान्य, जिल्ला अस्पताल स्याङ्जामा उपचार भई रहेको ।
१२)जिल्ला पर्वत माहाशिला गा.पा. ५ बस्ने वर्ष १८ को सागर गैरे ,मुखमा चोट,सामान्य , जिल्ला अस्पताल स्याङ्जामा उपचार भई रहेको ।
१३) जिल्ला स्याङ्जा अर्जुनचौपारी २ बस्ने वर्ष ४७ को प्रितमसिङ गुरुङ,मुखमा चोट,सामान्य, जिल्अला स्पताल स्याङ्जामा उपचार भई रहेको ।
१४) ट्रक सहचालक जिल्ला पाल्पा तानसेन न.पा. ८ डुम्रे वस्ने वर्ष वर्ष १९ को बसन्त कुवर,मुखमा चोट सामान्य , जिल्ला अस्पताल स्याङ्जामा उपचार भई रहेको ।
१५)जिल्ला स्याङ्जा अर्जुनचौपारी ३ बस्ने वर्ष ६३ को मन व.घले,खुट्टामा चोट सामान्य, जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको ।
१६) जिल्ला स्याङ्जा पुतली वजार न.पा. १ बस्ने वर्ष ३२की भगवती पौडेल, दाहिने खुट्टामा चोट, सामान्य , जिल्ला अस्पताल स्याङ्जामा उपचार भई रहेको ।
१७) जिल्ला पर्वत महासिला २ बस्ने वर्ष ५० की हिम कुमारी गुरुङ मुख खुट्टमा चोट सामान्य , जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको ।