गाउँपालिका अध्यक्ष तथा कर्मचारीबाट अपमानित हुदै आएको गुनासो गर्दै आएकी मकवानपुर जिल्लाको मनहरी गाउँपालिका उपाध्यक्षले पदबाट राजिनामा दिएकी छन् ।
आन्तरिक विवादका कारण देखाउँदै गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले पदबाट राजिनामा दिएकी हुन् । उनले अध्यक्ष एकराज उप्रेतीलाई राजिनामा बुझाएकी हुन् ।
बजेट बाँडफाड र योजना कार्यान्वयनका बिषयमा अध्यक्ष र उपाध्यक्ष बिच रहेको फाटोले ठुलो रुप लिदा अहिलेको अवस्था आएको बताइएको छ । गाउँपालिका भित्रको आन्तरीक र राजनीतिक बिषयमा नेतृत्वकर्ता बिच आपसी तालमेल लामो समयदेखि नमिल्दा बिवाद कायम रहेको थियो । अध्यक्ष उप्रेतीले उपाध्यक्ष बिष्टको भनाई नसुन्ने कुनै निर्णय लिँदा एकतर्फि बन्ने जस्ता आरोप लामो समयदेखि लगाउदै आएकी थिइन् ।
सोमबार उपाध्यक्ष बिष्टले राजिनामा दिएपछि अध्यक्ष उप्रेतीले कर्मचारी बिच बसेर समस्याको सामाधान गर्ने भन्दै बताएका छन् । एक्कासी राजिनामा आयो अब बसेर सल्लाह गर्नुपर्छ, समस्याको समाधानका लागि गाउँपालिका स्तरको नेकपाको नेतृत्व बस्ने तयारी थालिएको बताइएको छ । राजिनामाको बिषयमा अध्यक्ष उप्रेतीले अहिले केहि भन्न नमिल्ने बताए । ‘मैले अहिले सम्म आधिकारीक रुपमा बोल्ने अवस्था छैन, समस्या बसेर सल्लाह गरेर समाधान गर्ने कोसिश रहन्छ ।’