काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले काम गर्न नसकेको बताएका छन् । सरकारविरूद्ध देशव्यापी प्रदर्शनका क्रममा हेटौँडामा आयोजित सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले उक्त कुरा बताएका हुन् ।
प्रवक्ता शर्माले सरकारले कोरोनाविरूद्ध काम गरोस् भनेर एकमुष्ठ नगद लगेर खातामा हालिदिएको स्मरण गर्दै नेकपा नेतृत्वको सरकारले काम गर्न नसकेको बताएका हुन् । उनले धनमाया गुरूङजस्ता पात्रहरूले किन उपचार पाएनन् भनेर जवाफ खोज्न सडकमा आएको बताए । सूर्यबहादुर तामाङहरू सडकमा किन मर्नुपर्यो ? उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले चिन्छन् कि चिन्दैनन् भनेर बुझ्न सडकमा आएको पनि बताए ।<
आज कांग्रेसले सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्दैछ । प्रदर्शनपछिको सभालाई सम्बोधन गर्न कांग्रेसका नेताहरु बिभिन्न जिल्ला पुगेका छन् ।