बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा मंगलबार विवाह बन्धनमा बाधिँए । लामो समयदेखी प्रेमसम्बन्धमा रहेकी श्वेता अग्रवालसँग उनले विवाह गरेका छन् । चर्चित गायक उदित नारायण तथा गायिका दीपा झाका एक मात्र छोरा आदित्यले विवाह सम्पन्न पछि सामाजिक सञ्जालमा तस्बिरहरु शेयर गरे ।
उनले शेयर गरेको भिडियो र तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । विवाहको दिन आदित्य क्रीम कलरको शेरवानीमा सजिएका थिए भने श्वेता गुलाबी र क्रीम कलरको लहंगा लगाएकी थिइन् ।
यस्तै हालै उनले एक अन्तवार्तामा आफ्नो विवाहको रोचक कुराहरु शेयर गरेका छन् । उनले एक अन्तवार्तामा विवाहमा आफ्नो शुरुवाल च्यातिएको कुरा खुलाएका छन् ।
उनले वरमाला लगाउने बेलामा पाइजामा (शुरुवाल) च्यातिएको र साथीको लगाएर ७ फेरा लगाएको बताए । ‘वरमालाको बेलामा पाइजामा च्यातियो, फेरि साथीको पाइजामा लगाएर ७ फेरा लिएँ ।
मेरो र साथीको पाइजामा एउटै जस्तो थियो, साथीले मलाई वरमालाको बेला बोक्दा पाइजामा फाटेको हो’ – उनले भने।