बलिउड अभिनेता सन्नी देओल कोरोना संक्रमित भएका छन् । सन्नी आफैले ट्वीट गरेर आफूमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।
सन्नीले आफ्नो कोरोना टेष्ट गराएका थिए । जसमा रिपोट पोजेटिभ आएको छ । सन्नी पछिल्लो समय मनालीको दशाल गाउँमा रहेका छन् । उनी परिवार सहित केही अगाडि मनाली पुगेका थिए । उनी आउँदा पनि परिवारसहित उनको पनि कोरोना टेष्ट गरिएको थियो । सो समय सबैको रिपोट नेगेटिभ आएको थियो ।
मैंने कोरोना टेस्ट करवाया और रिपोर्ट पॉजिटिव आई है। मैं एकांतवास में हूं और मेरी तबीयत ठीक है। मेरा अनुरोध है कि आप में से जो भी लोग गत कुछ दिनों में मेरे संपर्क में आयें हैं, कृपया स्वयं को आइसोलेट कर अपनी जाँच करवाएं।
— Sunny Deol (@iamsunnydeol) December 2, 2020
उनका परिवार भने मनालीबाट फर्किसकेका छन् । उनी पनि भोलि फर्किने तरखरमा थिए । त्यसैले पनि उनले कोरोना परीक्षण गराएका थिए । उनमा संक्रमण भेटियो । अहिले उनी स्वस्थ्य रहेका र कटेजमा बसिरहेको समाचारमा जनाइएको छ ।
सन्नी देओलका मनालीको साथ गहिरो नाता रहेको छ । उनी आफ्नो धेरै समय मनालीमा बिताउने गर्दछन् । उनले छोरा कर्ण देओललाई लिएर बनाएको फिल्म ‘पल पल दिल के पास’को सबै सुटिङ समेत मनालीमा गरेका थिए । मनाली फिल्मसिटी बनाउने उनको सपना पनि रहेको छ ।