लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले आज भाइटीकाको दिन सर्वसाधारणहरुलाई टीका लगाइदिएको छ । गत वर्षको चैत १४ गतेबाट काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले आज सर्वसाधारणलाई भाइटीका लगाइदिएको हो ।
यो वर्ष आफ्ना दिदीबहिनीहरुबाट टाढा भएपनि खुलामञ्चमा हाम्रो टीम नेपालका सदस्यहरुबाट भाइटीका लगाइदिंदा सर्वसाधारणहरु खुसी देखिएका छन् । लक डाउनपछि निरन्तर खाना खुवाइरहेको सो समूहले दशैंमा पनि सर्वसाधारणहरुलाई टीका र जमरा लगाइदिएको थियो ।
मंसिर २ गतेबाट भने खुलाञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ । काठमाडौं महानगरपालिकाले स्वस्थ्य सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको हो । महानगरपालिकाले व्यवस्थित ठाउँमा खाना खुवाउने व्यवस्थापन गर्न आग्रह गर्दै सक्दो सहयोग गर्ने पनि जनाएको छ ।