काठमाडौं–लक्षण देखिएका कोरोना संक्रमितको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने भएको छ। स्वास्थ्य मन्त्रालयले तयार पारेको यो प्रस्तावलाई आजै बस्ने मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्ने भएको हो ।
कोरोना संक्रमितको उपचारमा सरकार पछि हटेको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले यस्तो निर्णय गर्न लागेको हो।
गत भदौ २८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमान्ड सेन्टरको बैठकले कोरोना संक्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरेको थियो।
सर्वोच्च अदालतले कोरोनाबाट सङ्क्रमितको उपचार निःशुल्क गर्न दिएको आदेश सहितका विषयमा छलफल गरी नयाँ रणनीति तय गर्ने उद्देश्यले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आइतबार बसेकाे थियो ।