काठमाडौं । नेपाली वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले अब पीपीइसँगै फेस भाइजर समेत निस्शुल्क उपलब्ध गराउने भएका छन् ।
पुनले फेसबुकमार्फत जानकारी गराउँदै डाक्टर र नर्सहरुको सुरक्षाका लागि पीपीइ गाउनसँगै फेसियल भाइजर समेत दिने बताएका हुन ।
उनले फेसबुकमा लेखेका छन्, ‘ल अब देखि राष्ट्रिय आविष्कार केन्द्रले डाक्टरहरु र नर्सहरुको सुरक्षाको लागि PPE को गाउन बाँड्दा तल फोटोमा देखाइए जस्तै मुख छोप्ने कभर अर्थात Visor हरु पनि दिइनेछ ।
यस्तै उनले उक्त फेसियल भाइजर कभरहरु प्रोटेक्ट नेपालले बनाएको बताएका छन् । उनले प्रोटेक्ट नेपालका भाइ बहिनीहरुले थ्रीडी प्रिन्टिङ, इन्जेक्शन मोडलिङ, सीएनसी लेजर लगायत विभिन्न मेशिनहरु प्रयोग गरेर बनाएको बताएका छन् ।
यी सबै काम प्रोटेक्ट नेपालका संयोजक मेकानिलक इन्जिनियर रामचन्द्र थापा र डा. रोशिना थापाले बनाएका हुन ।
उनीहरुले आफ्नै स्थानीय स्रोत सामग्रीहरुबाट फेसियल भाइजर बनाएर आविष्कार नेपाललाई दिएका छन् ।\
फेसियल भाइजर कसरी बन्छ भन्ने बारे उनीहरुले आफूले बनाएको भिडियो समेत पोस्ट गरेका छन् ।