भारतीय गुप्तचर संस्था ‘रअ’का चिफ सामन्त गोयलसहित ९ जनाको टोली विशेष विमानमा काठमाण्डौं अवतरण गरेका छन् ।
उनिहरु विशेष विमान (आईएफसी ४६२०) वाट दिउँसो १२ बजेर ४५ मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
रअ चिफको नेपाल भ्रमणबारे कुनै औपचारिक जानकारी नभएपनि उनले सीमा विवादबारे विभिन्न दलका नेताहरुसंग छलफल गर्ने कार्यक्रम छ ।
भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेको कार्तिक १८ गतेदेखि शुरु हुने भ्रमणको तयारी चल्दै गर्दा दुई देशवीच कालापानी र लिम्पियाधुरासमेत सम्मिलित नक्सा जारी गरिएपछि चिसिएको राजनैतिक सम्बन्ध सुधार्ने क्रममा यो आकस्मिक भ्रमण भएको हो ।
गोयल प्रधानमन्त्री केपी ओलीलगायत उच्चपदस्थ ब्यक्तित्वहरुसंग आज राती महत्त्वपूर्ण भेटघाट सक्नेगरी यतै बस्नेछन् । भोलि बिहान साढे ९ बजे स्वदेश फर्कने छन् ।