काठमाडौँ – ललितपुरको पाटनस्थित कृष्णमन्दिर परिसरमा बुधबार साँझ दुई युवकमाथि छुरा प्रहार भएको छ ।
छुरा प्रहारबाट उनीहरू घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए । बुधबार साँझ अर्को समूहले उनीहरूलाई छुरा प्रहार गरेको हो । घाइतेहरूलाई उपचारका लागि बीएन्ड बी अस्पतालमा पठाइएको छ ।
छुरा प्रहारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । एसएसपी बोगटी घटनास्थलमा पुगेका छन् । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।