दशैंको लागि खसी बुकिङ्ग गर्दा १० प्रतिसतसम्म छुट पाइने भएको छ ।
अनलाइनबाट मासुजन्य पदार्थकको बुकिङ्ग सुरु गरेको ई फार्मले अग्रिम रुपमा ५ हजार रुपैंया भुक्तानी गरेको खण्डमा १० प्रतिशतसम्म छुट दिइने जनाएको छ ।
ई फार्मका संचालक परमेश्वर श्रेष्ठले खसी, च्याङग्रा, लोकल कुखुरा, कालो (कडकनाथ) कखुरा र कालिजको बुकिङ सुरु गरिएको र अग्रिम ५ हजार भुक्तानी गर्ने ग्राहकलाई दशैंतिहारको समयमा खसि किन्दा चलेको मुल्यमा बढीमा १० प्रतिशतसम्म छुट दिइने बताए ।
संचालक श्रेष्ठका अनुसार धनकुटा, बैतडी, उदयपुर, सल्यान लगायतका पहाडी जिल्लाबाट ल्याएको खसी, मुस्ताङको च्याङग्रा, नुवाकोटको कुखुरा होम डेलिभरी समेत हुन्छ । प्रि-बुकिङमा जिउँदो खसी, च्याङग्रा र सिङ्गै खसी लैजान नसक्नेको लागि ५ केजिभन्दा माथीको अर्डर दिन सक्नेछन्।
ई फार्मको फेसबुक पेज, इन्स्टाग्राममा च्याट गरेर र वेबसाइट (www.efarm.live)बाट र ९८०१८५५५०५ मा फोन गरेर पनि बुकिङ गर्न सकिनेछ। शाकाहारी व्यक्तिहरुको लागि फलफुल तथा जुम्लामा मात्र उत्पादन हुने मार्सी चामल र गाउँघरबाट ल्याइएको शुद्ध घ्यू पनि ई फार्मले विक्री वितरण गर्दै आइरहेको छ ।
‘हाम्रो आफ्नै मासु काट्ने ठाउँ छ, त्यहाँ आएर उपभोक्ता आफैले खसी तथा च्याङ्ग्रा रोजेर लैजान सकिने र सामाजिक संजाल मार्फत भिडियो कल गरेर पनि खसी तथा च्याङग्रा हेरेर, रोजेपछि जिउँदो चाहे जिउँदै र काटेर चाहे काटेरनै होम डेलिभरी गर्ने योजनामा छौं।’ श्रेष्ठले भने ‘कोरोनाको समय भएकाले भर्चुअल बुकिङलाई जोड दिदैछौं, उपभोक्ता फार्ममै आउन चाहेको खण्डमा हामी भौतिक दुरी कायम गरेर एक÷एक जनालाई मात्र फार्म प्रवेश गराउँछौं।’ करिब ११ रोपनी जग्गामा ई फार्मको आफ्नै खसी फार्मसँगै खसी काट्ने, सफा गर्ने, मासु काट्ने ठाउँ पनि छुट्टै भएको श्रेष्ठले बताए।
अघिल्लो वर्ष दशैं तिहारको समयमा इ फार्मले ७ सय भन्दा बढी खसी, च्याङग्रा विक्री गरेको थियो । भारतको नयाँदिल्लीमा चार्टड एकाउन्टेन्ट पढेका दुइ युवाहरुको अग्रसरता ई फार्म संचालनमा आएको हो । प्रविधिको प्रयोग गर्दै कृषकलाई समेत राहत दिने उदेश्यले ई फार्म संचालनमा ल्याएको श्रेष्ठले केटिएम दैनिकसँगको टेलिफोन सम्पर्कमा बताए ।