काठमाडौँ । जगदम्बा समूहका अध्यक्ष शंकर अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अग्रवाललाई शुक्रबार साँझ पक्राउ गरेको एक अधिकारीले जानकारी दिएका छन् ।
उनी सम्पत्ति शुद्धीकरणको आरोपमा बिहीबार पक्राउ परेका व्यवसायी दीपक भट्टका व्यावसायिक साझेदार रहेको स्रोतले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार भट्ट र अग्रवालले पब्लिक लिमिटेड कम्पनीहरूको स्रोत दुरुपयोग गरी सेयर बजारमा प्रभाव विस्तार गर्ने, साथै बिमा र जलविद्युत् क्षेत्रमा समेत नियन्त्रण बढाउँदै आएको आरोप लागेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।