स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत चौबीस घण्टामा नेपालमा २ हजार ७ सय २२ जना कोरोनाभाइरस सङ्क्रमित थपिएपछि कुल सङ्क्रमित हुनेको सङ्ख्या ८२ हजार ४ सय ५० पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा दिएको उक्त जानकारी अनुसार यो अहिलेसम्मकै सर्वाधिक वृद्धि हो। यसअगाडी गत असोज २ गते एकै दिन २, हजार २० जनामा सङ्क्रमण पुष्टि भएको थियो।
गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।
आज संक्रमितको संख्या बढिरहँदा निको हुनेको संख्या पनि धेरै छ । प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यसरी निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ ।
सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजारभन्दा बढी छ।