भक्तपुर । डा. इवामुरा अस्पतालले विरामीको इन्डोस्कोपीमा लापरवाही गरेको भन्दै बिरामीका आफन्तले अस्पताल घेराउ गरेका छन् ।
एक ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको इन्डोस्कोपी गर्दा लापरबाही गरेको भन्दै उनको ज्यान जोखिममा परेको पीडित परिवारले आरोप लगाउदै अस्पतालमा घेराउ गरेका हुन् ।
चिकित्सकको हेलचक्रयाइँपूर्ण इन्डोस्कोपीका कारण मुटुमा क्षति पुगेका परिवारको आरोप छ। अस्पतालले पटक पटक यस्तो घटना दोहोराएका कारण अस्पताल घेराउ गर्नु परेको पीडित पक्षले जनाएको छ ।
डा. इवामुरा अस्पतालले विरामीको मृत्यु भयो भनेकोमा अहिले नर्भिक अस्पतालमा अन्तिम अवस्थामा मृत्युसँग लड्दै भेन्टिलेटरमा उपचार भइरहेको पीडित परिवारले बताएको छ । अस्पताल प्रशासनले भने कुनै प्रतिक्रिया दिएको छैन ।
फर्निचरमा काम गर्दै आएका उनी हिँडेरै इन्डोस्कोपी गराउन अस्पताल पुगेका थिए।