आज बजारमा जसको चर्चा छ
दलाल हरुको गाली सज्जन हरुको ताली छ
तिनै महान कर्मबीरहरुको समर्थनमा कलम चल्दैछ
नेपाल आमाको सार्थक सन्तान बनेकोमा
हृदय देखि सलाम छ।
डा. गोविन्द केसी पागल हुन
महाबीर पुन महा मुर्ख र भेंडा हुन
कुलमान घिसिड़. भ्रष्टाचारी हुन्
प्रेम संजेल मगज खुस्किएका दलाल हुन
यो हल्लै हल्लाको देश भुपी शेरचनले त्यसै भनेको होइन रहेछ
सत्ताका दलाल हरुले बेला बखत
गोयबल्स शैलीमा ईमानदार हरुको मनोबल गिराउन
निकृष्ट शब्दहरु भाइरल बनाउने प्रयासमा तल्लिन हुँदा रहेछन।
डा. गोविन्द केसी स्वास्थ्य क्षेत्रलाई
ब्यापारको क्षेत्र बनाउन हुदैन
तिक्ष्ण बुद्धि भएका गरीबका छोराछोरीले
निःशुल्क मेडिकल शिक्षा पढ्न पाउनु पर्छ भनेर
१९औं पटक सम्म भोक हडताल गर्न बाध्य बनाइए
न घर छ न परिवार छ न सम्पत्ति छ
आफ्नै पैसाले औषधि किनेर बिकट गाउँ पुग्छन।
अमेरिका को जीवन छाडेर
देशमै केही गर्नु पर्छ भनेर
नेपाल फर्किएका राष्ट्रवादी हुन् महाबीर पुन
आफ्नै श्री संपत्ति सिध्याएर
आविष्कार केन्द्र खोलेर संबृद्ध नेपालको सपना देख्छन्
सहयोगको हात थाप्छन सरकार संग
निराश हुन्छन् आँशु चुहाउँछन
आफ्नै बलबुताले अनुसन्धानमा लाग्छन्।
भेन्टिलेटर र पिपिइ बनाएर कोरोना बिरुद्ध लड्छन
हाम्रा नेता हरु बेसार पानीको कुरा गर्छन।
उच्च ब्यबस्थापकीय क्षमता भएका
जल बिद्युतका बिज्ञ हुन कुलमान
सबैले असंभव मानेको 18 घण्टे लोडसेडिड़. लाइ
हटाएको मात्रै होइन देशैभरी झलमल्ल बनाए
ऋणमा डुबेको प्राधिकरण लाई नाफामा पुर्याए।
उज्यालो नेपाल बनाउने लाई अँध्यारो तिर हाल्दैछन।
४० बर्षे कर्मचारी जीवनमा एक रुपिया नखाएका र खान नदिएका राष्ट्र सेवक हुन प्रेम संजेल
दलाल घुस्याहा र बिचौलिया हरुको टाउको दुखाइ हुन् प्रेम संजेल
राजनीतिको फेरो समातेर जागिर खाने दुइ युवतीहरुले दलाल हरुको इशारामा हातपात गरे कार्यालयमा ।
यी चार ब्यक्तिहरुका बारे कहिल्यै हामीले सोच्यौं
उनीहरु आजको अवस्थामा कसरी आइपुगे
कति हण्डर खाए कति आँशु झारे बिदेशमा सम्पन्न जीवन बिताउन छाडेर
दालमोठ र चिउरा खाएर बाँचेका छन्
यस्ता कर्मबीरहरु गुमनाम छन्
हामी पनि बिर्सन्छौं
जानेर वा नजानेर दलालहरुकै चाकरी गर्छौं
ओली देउबा प्रचण्ड बाबुराम जस्ता नेता र पार्टीको
पछि लागेर राष्ट्रवाद र संबृद्ध नेपालको कुरा गर्छौं।
डा. हर्क गुरुड़.ले भने जस्तो इमानका धनी हरु स्वभिमानका पुजारी हरु
डा. गोविन्द केसी जस्ता त्यागी हरु महाबीर पुन र कुलमान जस्ता कर्मबीरहरु
प्रेम संजेल जस्ता सज्जन ज्ञानी हरु भ्रष्टाचार बिरोधी छबी भएका समाज भित्रका
ईमानदार राष्ट्रवादी हरुलाई मौका दिनुपर्छ
चिन भारत अमेरिका र युरोपेली हरुसंग नडराउने राष्ट्रवादी युवा हरुले राजनीतिको नेतृत्व गर्नु पर्छ
यसैका लागि अब सत्ता परिवर्तन हुनुपर्छ।
माधव कुमार राउत
तारकेश्वर न पा – 11 , काठमाण्डौ