पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना गरी जम्मा ७५५ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १९ हजार ४ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै निको हुने संक्रमितको संख्या ५० हजार ४११ पुगेको छ। यो कुल संक्रमितको ७२.७ प्रतिशत हो।