धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा हालसम्म ३१ जनाले कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले बिहीबारसम्म ३१ जनाको ज्यान गएको जानकारी दिए ।
यस्तै ४९ जना संक्रमित कोभिड अस्पतालमा भर्ना छन् भने सो अस्पतालमा हालसम्म ७२२ संक्रमित निको भएर घर पनि फर्किएका छन् । यस्तै प्रतिष्ठानको ल्याबमा हालसम्म ५४ हजार १८६ जनाको स्याम्पल कलेक्सन गरेर परीक्षण गर्दा २५६५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।