काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को पहिलो मन्त्रिपरिषद् बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्दै छ ।
प्रधानमन्त्री नियुक्तिपछिको पहिलो बैठक भएकाले यसले सरकारको कार्यदिशा निर्धारणसँग सम्बन्धित केही महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।
बैठकका लागि पदभार ग्रहणको काम सकेर मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगिरहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई नियुक्त गरेका थिए । साथै, नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए । उनीहरूले सिंहदरबार पुगेर पदभार ग्रहण गरिसकेका छन् ।
सरकारले गर्ने केही महत्वपूर्ण कामबारे आजको मन्त्रिपरिषदबाट निर्णय हुने बताइएको छ ।