काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुदन गुरुङले मन्त्रालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषदमा तेस्रो वरीयतासहित गृह प्रशासनको जिम्मेवारी पाएका गुरुङले आजदेखि कार्यभार सम्हालेका हुन् ।
मन्त्रालयमा प्रवेशका क्रममा सचिवसहित उच्च अधिकारी तथा कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए । पदभार ग्रहणसँगै गृह प्रशासनसँग सम्बन्धित कार्यहरू नियमित रूपमा अघि बढाउने जिम्मेवारी उनको नेतृत्वमा सुरु भएको छ ।