काठमाडौँ । राष्ट्रपति कार्यालय, शीतल निवासमा सम्पन्न पद तथा गोपनीयताको शपथ समारोहपछि नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह कार्यक्रम स्थलबाट बाहिरिएका छन्।
विशेष समारोह सम्पन्न भएसँगै प्रधानमन्त्री शाह अब सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ। त्यहाँ उनले निर्धारित समय अनुसार दिउँसो सवा दुई बजे पदभार ग्रहण गर्ने तयारी गरिएको छ।