आफ्नी रिसालु स्वभावकी श्रीमती बाट दिक्क भएर उनलाई काँटी ले भरिएको थैलो दिदै श्रीमान ले भने: “तिमिलाई जति पटक रिस उठ्छ थैलो बाट एउटा काँटी निकालेर घरको दिवालमा ठोक्दिनु ।”
श्रीमती लाई भोलिपल्ट रिस उठ्यो एउटा काँटी दिवालमा ठोक्दिइन । यो प्रक्रिया उनले लगातार गरिरहिन ।
बिस्तारै – बिस्तारै उनलाई लाग्यो कि , काँटी ठोक्नुको ब्यर्थ मिहेनत गर्नुभन्दा आफ्नो रिसलाई नियन्त्रण गर्नु राम्रो हो । र उनको काँटी ठोक्नुको संख्या दिनानुदिन घट्दै गयो ।
एकदिन यस्तो पनि आयो कि , श्रीमती ले घरको दिवालमा एउटा पनि काँटी ठोकिनन ।
उनले खुशी – खुशी यो कुरा आफ्नो श्रीमान लाई भनिन् । श्रीमान खुशी भएर भने: “जुन दिन तिमिलाई लाग्छ कि , तिमी एक पटक पनि रिसाएको छैन जस्तो लाग्ने दिन दिवालमा ठोकेको काँटी मध्य एउटा लाई निकाल्दिनु।”
श्रीमती ले यस्तो नै गर्न थालिन । एक दिन यस्तो पनि आयो कि , घरको दिवालमा एउटा पनि काँटी रहेन । उनले खुशी हुँदै यो कुरा श्रीमानलाई भनिन ।
श्रीमान ले श्रीमतिलाई काँटी ठोकेको दिवालमा लिएर गए र काँटी ठोकेको प्वाल देखाउँदै भने , तिमी यो प्वाललाई भर्न सक्छौ ?
श्रीमती ले भनिन – “सक्दिन हजुर”
श्रीमान ले उनको काँधमा हात राखे र भने: ” अब बुझ्यौ, रिस ले तिमी द्वारा भनिएका कठोर शब्द ले , दोस्रो ब्यक्ति को छातिमा यसरी प्वाल पार्दिन्छ कि जुन तिमिले भविष्यमा कहिल्यै क्षतिपूर्ति दिन सक्दैनौं ।”
शिक्षा – अब पनि तपाइँलाई रिस उठ्छभने त्यसबेला सोच्नुस कि कतै तपाईं पनि कसैको छातिमा काँटी ठोक्न गैरहनु भएको त छैन ?
स्रोत : फेसबुक