काठमाडौँ । आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब ७ अंकले बढेर बन्द भएको छ।
यो समयमा नेप्से परिसूचक ६.९० अंकले बढेर २९४३.४७ विन्दुमा पुगेको हो।
प्रि-ओपन सेसनमा ७७ वटा स्क्रिप्सको ८४ हजार ५२६ कित्ता सेयर ४ करोड ४४ लाख ६७ हजार ३९२ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबारमा आएकामध्ये ३१ वटा स्टक्सको मूल्य बढ्दा ३३ वटाको घटेको छ । १० वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।