धादिङ । पृथ्वी राजमार्गमा आज विहान एउटा तेल ट्याङ्कर दुर्घटना भएको छ । पृथ्वी राजमार्गको गल्छी गाउँपालिकास्थित चिरौदी पुल नजिकै सो दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ ।
ट्याङ्कर कहाँबाट आएको र कति नम्वरको हो खुलेको छैन । ट्याङ्करमा सवारी चालक र सहचालकको अवस्था पनि अज्ञात रहेको छ ।
रातको समयमा खसेकाले उद्दार गर्न समेत कठिनाई भएको र अहिलेसम्म उक्त सवारीका कोही पनि सम्पर्कमा नआएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्याङ्कर सडकबाट करिव दुई सय फिट तल त्रिशुली नदीमा खसेको छ । अहिले घटना स्थलमा खोजी ताथा उद्दारमा लागिरहेको प्रहरीले जनाएको छ ।