विश्वकर्मा भगवानको मूर्ति सेलाउने विषयमा सर्लाही सदरमुकाम मलंगवा-३ विश्वकर्मा चोकमा मुस्लिम र हिन्दु समुदायबीच झ डप हुदाँ तना व उत्पन्न भएको छ। शुक्रवाररातीदेखि उत्पन्न भएको तनाव साम्य नभएपछि प्रशासनले शनिबार दिउँसो साढे १ बजेदेखि आइतबार बिहान ८ सम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।
दुई समुदायका मानिसहरु भेला भएर वि वाद गर्न थालेपछि कर्फ्यु जारी गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए। विश्वकर्मा चोकमा पूजा गरिएको मूर्ति स्थानीय युवाहरु घुमाउन जादाँ दुई समुदायबीच झ डप भएको थियो।
झ डप भएपछि दुबै पक्षबीच ढुंगामुढा भएको थियो। ढुंगामुढा लागेर दुबै पक्षका करिब १ दर्जन भन्दा बढी व्यक्तिहरु घाइते भएका छन्। झ डप हुन थालेपछि प्रहरीले अवस्थालाई साम्य पारेको थियो। शनिबार बिहानदेखि अवस्था फेरी तनाव पूर्ण बनेपछि प्रशासनले कर्फ्यु आदेश गरेको हो। मूर्ती अहिले पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ।