चिकित्सा शिक्षा अभियन्ता डा गोविन्द केसीले ६ बुँदे माग अघि सार्दै अनसन सुरु गरेका छन्। लामो समयदेखि पश्चिमी क्षेत्रको अस्पतालहरूमा पुगेर स्वयंसेवा गर्दै आएका डा केसीले जुम्ला पुगेका बेला अनसन सुरु गरेका हुन्। यसअघि पनि पटकपटक अनसन सुरु गर्ने तयारी गरेका उनले प्रशासनको अवरोधका कारण अनसन सुरु गर्न सकेका थिएनन्।
उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायतका कार्यक्रम तत्काल सुरु गर्नुपर्ने माग गरेका छन्। यस्तै गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गर्न पनि माग गरेका छन्। यस्तै प्रदेश २, गण्डकी र डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा समेत मेडिकल कलेज खोल्नुपर्ने माग गर्दै आएका छन् ।