काठमाडौँ । गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको यात्रुवाहक माइक्रो बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।
सहिद लखन गाउँपालिका-३ कान्टारमा बा प्र ०१-००६ ख ८४३० नम्बरको माइक्रो बस आज साँझ दुर्घटना हुँदा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा सबै भारतीय नागरिक छन् ।
माइक्रोमा १३ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको जानकारी दिँदै प्रहरी उपरीक्षक विकले घाइते तथा मृतकको पूर्ण विवरण आउन बाँकी रहेको बताए ।