काठमाडौँ । नेपाली सेनाले घोडे जात्रा तयारीलाई तीव्रता दिएको छ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडे जात्रा यो वर्ष चैत ४ गते परेको छ।
सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले आवश्यक संरचना निर्माण र अभ्यास कार्य गरिरहेको छ।
घोडे जात्रा परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न सेनाले घोडे जात्रा दिन घोडा र कुकुरका विभिन्न कौशलपूर्ण एवं रोमाञ्चक क्रियाकलाप प्रदर्शन गर्दै आएको छ।