काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले ६ महिनापछि आइतबार (फागुन २४) प्रतिवेदन बुझाएको छ ।
आयोगले आज प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो । आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माले जेनजी आन्दोलनका क्रममा सेक्युरिटी ल्याप्सेस (सुरक्षा कमजोरी) भएको र कारबाही सिफारिस पनि भएको जानकारी दिए ।
“म यत्तिचाहिँ भन्छु जनेजी आन्दोलनका क्रममा सेक्युरिटी ल्यापसेस भएकै छ,” प्रवक्ता शर्माले भने, “हामीले कारबाही सिफारिस गरेका छौँ । तर, कस्तो कारबाही र क–ससलाई भन्ने कुरा अहिले यहाँ भन्दिनँ ।”