नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित र उद्दार उडानको भाडादर सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएका भाडाहरु कर र एजेन्सी कमिशनसहितको हो । कुनै ट्राभल एजेन्सीले प्रकाशित भाडादरभन्दा बढी भाडा लिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
हिमालयले विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउन विभिन्न मुलुकबाट गरिने उद्धार चार्टर्ड उडानको भाडादर निम्न अनुसार राखेका छ ।
जसअनुरुप दमामका लागि ४६५ अमेरिकी डलर, रियादको ४६५, ढाकाको १६५, दोहाको ३९२ डलर तोकिएको छ । त्यस्तै कुवेत ४१०, बहराइनको ३९२, मालेको ४८०, सिङ्गापुरको ५२० र इस्लामाबादको ३५० अमेरिकी डलर कायम गरिएको छ ।
हिमालयले नियमित उडान हुने काठमाडौं–अबुधाबी र काठमाडौं क्वालालम्पुर गन्तव्यमा हुने उडानको भाडादर निर्धारण गरेको छ ।
सरकारले सेप्टेम्बर १ देखि अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने निर्णय गरे पश्चात हिमालय एअरलाइन्सले सहजै पिसिआर उपलब्ध गन्तव्यहरु (छोड्ंछिडं), क्वालालम्पुर र आबुधाबीको उडान सञ्चालन गर्न अनुमति प्राप्त गरेको छ ।
एयरलाइन्सले सार्वजनिक गरेको नियमित उडानमा काठमाडौदेखि अबुधाबीसम्मको भाडादर २९९ अमेरिकी डलरदेखि ४७४ अमेरिकी डलरसम्म छ । त्यस्तै अवुधाबीदेखि काठमाडौंसम्मको भाडादर ३८५ देखि ६३० डलरसम्म कायम गरिएको छ ।
काठमाडौंदेखि मलेसियाको राजधानी क्वालालम्पुरसम्मको भाडादर २३२ डलरदेखि सुरु भएर ३६३ डलरसम्म छ भने क्वालालम्पुरबाट काठमाडौंसम्मको भाडादर ३७२ डलरबाट सुरु भएर ५९२ डलरसम्म तोकिएको छ ।
हिमालयले जुन १६ देखि अगष्ट ३१ तारिखसम्मय सम्म ९४ वटा उद्दार उडानमार्फत १५ हजार ६३५ नेपालीलाई स्वदेश फिर्ता गरेको जनाएको छ ।