काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको एसबीआई बैंकमा लुटपाट भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मंगलबार साँझ करिब साढे ७ बजेतिर बैंकमा लुटपाट भएको हो ।
हतियारसहित आएको लुटेरा समूहले बैंकका सुरक्षा गार्डलाई कुटपिट गरेर नियन्त्रणमा लिएपछि रकम लुटपाट गरेको बताइएको छ । लुटेराहरूको सवार गाडी र त्यसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। बैंकबाट लुटिएको १ करोड ८० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ।