काठमाडौ । कृष्णबहादुरले बहिनी भन्ने एक महिलाले उनको ह त्या प्रेम सम्बन्ध र अ’श्लि’ल तस्बिर नभएर पैसा नै भएको दावी गरेकी छन् । उनले एक भिडियोमा कृष्णबहादुरलाई एक वर्ष यता चिनेको र कृष्णबहादुरले कल्पनालाई ५० लाख रुपैया दिएको बताएको जानकारी दिएकी छन् । कृष्णबहादुरले कल्पनालाई श्रीमती नै भनेर चिनाउने पनि गरेका थिए । आफु बिदेशमै हुँदा कल्पनाको नाममा पैसा पठाएको यि महिलाको भनाई छ ।
उनले आफुले कल्पनालाई माया गरेको र श्रीमतीकै दर्जा दिएका कारण पैसा पठाइदिएको कृष्णले आफुलाई बताएको उनले बताइन् । उनले आफुलाई एक वर्ष अघि भेट्दा पनि कृष्णबहादुर निकै त ना वमा हुने गरेको बताएकी छन् । उनले आफुलाई कामसंगै मिलेर गर्ने र आफुले गरेको कामका बारेमा पनि छलफल गर्ने भनेर भनिरहेका थिए ।
उनले सुरुमा इमोमा कुराकानी भएको र दाजु बहिनीको जस्तो सम्बन्ध भएको बताएकी छन् । उनले कृष्णबहादुरसंग विजनेश संगै मिलेर गर्ने भन्ने विषयमा छलफल भएको बताएकी छन् । उनले एउटा कम्पनी दर्ता गराएर काम गर्ने भन्ने विषयमा छलफल भएको बताएकी छन् । उनले इमोमा निकै निराशावादी कुराहरु राख्ने गरेका थिए । त्यसैले उनले तपाईलाई केही समस्या भयो भने मलाई शेयर गर्नु भनेर भन्दा कृष्णबहादुरले म समय आएपछि बताउँछु म निकै ठूलो समस्यामा छु भनेका थिए ।
तर यि महिलाले उनलाई एक दिन भेटेर सबैकुरा सोधिन् त्यतीबेला कृष्णले आफ्नो ५० लाख एक जना महिलाले खा इदिएको र अहिले पैसा फिर्ता नदिएको बताएका थिए । त्यती बेला उनले त्यो महिला सामाखुसीमा बस्ने र शाही थर भएको बताएका थिए । उनले भनेका थिए, कहिले त्यो महिलाले आफ्नो नाम कहिले के कहिले के भन्छ, तिमीले सक्छौ भने सहयोग गर । केही समय अघि मात्र कृष्णबहादुरले मलाई निकै त ना व भयो अब म देह त्याग गर्छु भनेर इमोमा भने । त्यसपछि उनले फेरी सम्झाइन् । मैले तपाईले त्यस्तो गर्नुभयो भने म पनि गर्छु समस्या सबैलाई हुन्छ यसरी हरेस खानु हुदैन भनेर सम्झाए उनले भनिन् ।
पछिल्लो केही समय अघि मात्र उनले हात्तीगौडाको क्याफेमा बोलाएर उनले फेरी किन देह त्यागको बिचार आयो ? के समस्या हो ? भनेर आफुले सोधेको बताइन् । त्यती बेला कृष्णले आफुले एक जना महिलालाई निकै मन पराउने बताएका थिए । उनले त्यती बेला भने कल्पनाको नाम पनि लिएको बताइन् । उनले कल्पना मुडवारीलाई मन पराउने गरेको बताए । उनले आफुलाई त्यो महिलासंग सामाजिक सञ्जालमा सम्पर्क बनाइदिनु भनेपछि उनले इमोमा कल्पनाको बारेमा जानकारी पठाएको बताइन् । उनले कल्पना मुडवारी हो उसको घर चितवन हो भनेर जानकारी गराएका थिए ।
उनले आफुले एक दिनमै २५ हजार सम्म कमाउने भए पनि पारिवारिक रुपमा आफु निकै समस्यामा भएको बताएका थिए । उनले आफ्नो श्रीमतीले वास्ता नगर्ने गरेका कारण एउटा आफुलाई निकै माया गर्ने युवतीको खोजीमा रहेको पनि उनले यि महिलालाई बताएका थिए । उनले आफु बाहिर देश हुँदा कल्पनालाई माया गर्ने भएकाले ५० लाख रुपैया पठाइदिएको बताएका थिए । उनले कल्पनासंग श्रीमान श्रीमतीकै जस्तो सम्बन्ध भएका कारण कल्पना चितवनवाट आएको बताएका थिए । त्यती बेला कृष्णबहादुरले मेरो श्रीमती आएको छ मलाइ फोन नगर्नु भनेर इमोमा ब्लक गरिदिएको बताइन् ।