१ बैशाख चितवन :
चितवन जिल्लाको इच्छाकामना गाउँपालिकास्थित त्रिवेणी बराहा माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा अहिलेसम्म खाली छ। गाउँपालिकाको पहलमा निर्माण गरिएको क्वारेन्टाइनमा अहिलेसम्म एकजना व्यक्ति पनि राखिएको छैन ।
सो गाउँपालिकामा बाहिरबाट आएका मानिसहरु भने नभएका हैनन् । तर क्वारेन्टाइनमा कोही पनि बस्न मानेका छैनन् । यो एक प्रतिनिधी घटना मात्रै हो ।
देशैभरका स्थानीय तहले आ आफ्नै तरिकाले क्वारेन्टाइन बनाउन थालेपछि न्यूनतम मापदण्ड पनि नपुराइएको भन्ने आसयका समाचारहरु आइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइको लागि निश्चित मापदण्ड तयार गरेर सबै स्थानीय तहमा पठाइसकेको जनाएको छ ।