दैलेख । नौमुले गाउँपालिका-९ सुन पाटाबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोही गाउँपालिका-२ नाउली बस्ने ३७ वर्षीय भीम बहादुर शाहीलाई एक थान भरुवा बन्दुकसहित शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । उनलाई हाल नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।