काठमाडौं । पछिल्लो सयम चर्चामा रहेका गायक दुर्गेश थापा विवादमा तानिएका छन् ।
सधै विवादमा आइरहने थापाले एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिएपछि भने उनी विवादमा परहेका हुन् ।
प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमालले लिएको एक अन्तर्वार्तामा स्वर सम्राट नारायण गोपालको गीत भन्दै भक्तराज आचार्यको गीत गाएपछि उनको आलोचना भइरहेको छ ।
स्वर सम्राट नारायण गोपालको गीत पनि थाहा नहुने भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको हो ।
आफूले सानैदेखि नारायण गोपालको निकै गीत सुनेको अन्तर्वार्ताका क्रममा गफ दिएका दुर्गेशले गीत भने भक्तराज आचार्यको गाएका थिए ।
धमलाले प्रश्न गर्छन्, ‘नारायण गोपालको गीत तपाईलाई मन पर्छ ?’
दुर्गेशले भन्छन् ‘एउटा मान्छेको मायाले कति, म त लालि गुँरास भएछु’ मन पर्छ।
धमलाले दुर्गेशलाई रामकृष्ण ढकालको कुन कुन गीत मनपर्छ भनेर सोध्छन्, दुर्गेशले आफू रामकृष्ण ढकालको गीतमा अभिनय गरेको बताउँछन् तर कुन हो अहिलेलाई बिर्से भन्छन्।
धमलाले फेरि सोध्छन्‘कुन गायक सबैभन्दा मनपर्छ ?’
दुर्गेशले‘भन्छन् सबै मनपर्छ कोही एक जनाको नाम भन्दैनन् ।
सुरुमा त पत्यार लागेन । कसैले ईडिट गरेर यस्तो बनायो कि भन्ठानें । पछि हेरेपछि थाहा भो – बिजोगै रहेछ । pic.twitter.com/fB9xNAQ5AF
— Himalayan Boss (@boss_studioo) July 24, 2020