काठमाडौँ, ३ साउन । पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि खुल्ने भएको छ ।
सरकारले जारी गरेको लकडाउन साउन ७ सम्म कायम रहने छ।
लकडाउन सकिएलगत्तै मन्दिर खुला गर्ने तयारी भईरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोरोना भाइरस संक्रमणलाई मध्येनजर गरी सरकारले जारी गरेको निर्देशन पालना गर्दै मन्दिर खुला गर्ने व्यवस्था भईरहेको जनाइएको छ ।
महादेवको अतिप्रिय महिना मानिएको श्रावनमा दर्शन गर्ने केहि दर्शनार्थीहरु सो क्षेत्रमा आइरहेको र मन्दिर परिसर भित्र प्रवेश गर्न खोजेका छन् ।
त्यसलाई मध्येनजर गरी कोषले खोल्ने तयारी गरेको छ।
कोरोना महामारीका कारण बन्द गरिएको एकशिला तीन अवतारको रुपमा पुजिने नेपालकै प्रशिद्ध भीमेश्वर मन्दिर सर्वसाधारणको लागि आज देखि खुल्ला गरिएको छ ।
शुक्रबार भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समिति र भीमेश्वर नगरपालिका–२ स्तरीय छलफलपछि सर्वसाधारणका लागि आजबाट मन्दिर खुला गरिएको हो ।
सुरक्षाको सबै उपाय र सामाजिक दूरी कायम गरी मुख्य च्यानल गेट खुला गरिएको बताइएको छ ।
तर, मन्दिर मुलद्वारबाट भीमेश्वर शिलाको दर्शन मात्र गर्ने गरी मन्दिर खुला गरिएको भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष बिराजमान श्रेष्ठले बताए ।
दोलखा बजारमा मनाइने गुल्ना पर्वका लागि मन्दिर नघुमी नहुने तथा जात्रा पर्व निन्तरताको लागि मन्दिर खुला गर्नु परेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।