महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असरा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको हो ।
यो सँगै बल्खुस्थित बयोधा अस्पतालमा एक स्वास्थ्यकर्मीबाटै काेराेना संक्रमण फैलिएकाे पाइएकाे छ ।
त्यहाँ कार्यरत एक ल्याब नेक्निसियनले आफ्नै परिवारका नौ जना सदस्य र ललितपुरको महालक्ष्मी नगरपालिका–८ का वडाअध्यक्षका दुईजना छोरा गरी ११ कोरोनामा संक्रमण सारेको पाइएको हो ।
वडाअध्यक्षका दुवै छोरा पनि डाक्टर रहेकाे बताइएकाे छ । उनीहरूमा संक्रमण फेला परेपछि वडाअध्यक्षकाे पूरै परिवार होम क्वारेन्टाइनमा बसेकाे छ ।
वडाध्यक्षकै परिवारमा संक्रमण फेला परेपछि नगरपालिकाले फ्रन्टलाईनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीसहित करिब २१३ जनाको शनिबार स्वाब संकलन गरेकाे जनाएकाे छ ।
उनीहरूकाे पिसीआर रिपाेर्ट अाउन बाँकी छ । यससँगै ललितपुरकाे महालक्ष्मी नगरपालिकाका वडा नं ७, ८ र ९ सिल गरिएको छ ।
पछिल्लाे समय उपत्यकामा कोरोना संक्रमतिको संख्या दैनिक रूपमा बढिरहेकाे छ । योसँगै ललितपुर जिल्लामा समुदायमा कोरोना संक्रमण फैलिएको देखिएको हो ।