कोरोना भाइरसको महामारीलाई मध्यनजर राख्दै सरकारले देशभर लगाइएको लकडाउन खुकुलो गरिरहेको छ ।
यसैक्रममा आराध्यादेव पशुपतिनाथ मन्दिर पनि खोल्ने तयारी गरिने भएको छ ।
पशुपति क्षेत्रलाई खोल्नका लागि आइतबार पशुपति क्षेत्र विकास कोषको समीक्षा बैठक बसेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पशुपतिनाथको दर्शन खुला गर्ने तयारी थाल्न निर्देशन दिएका हुन् । पशुपति क्षेत्र विकास कोषको समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले भने ‘त्रास हट्दै गएकाले पशुपतिनाथको दर्शन खुला गर्ने तयारी थाल्नुहोस् ।’
मन्त्री भट्टराईले निश्चित समयसम्मका लागि स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन पनि खुला गर्ने तयारी गर्न निर्देशन दिएको बुझिएको छ ।
साउने सोमबारलाई मध्यनजर गर्दै पशुपतिनाथ खोल्ने तयारी थालिएको हो ।