असार २८ गते रवि सप्तमी व्रत परेको छ ।
आईतवार र सप्तमी तिथि एकैसमयमा परेको दिन लाई रबि सप्तमी व्रत भनेर भनिएको छ । यस्तो महा संयोग वर्षभरि एकदमै कमै समय पर्ने हुदा यसको महिमा उच्च रहेको छ ।
सूर्य ग्रहकोबार आईतवार भएकाले शास्त्रमा सूर्यलाई जगतका पिता भनेर पनि भनिएको छ । सूर्यद्वारा नै जगत र सृष्टिको सञ्चालन हुने भएकाले सूर्यलाई पिता भनेर भनिएको हो ।
ब्रह्माण्डमा भएका ग्रह,राशि तथा नक्षत्र हरुलाई शक्ति सूर्यबाटै प्राप्त हुने हो । लामो समयसम्म रोगले ग्रसित गराएकाहरुका लागी यदि आईतवार र सप्तमी तिथिको संयोग परेको समयमा करविरको फुल चढाएर पुजा तथा अर्घ दिएमा रोगबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख गरिएको छ । नयाँ आईतवारको व्रत वस्नेहरुका लागि यसदिन उत्तम हुने पनि उल्लेख गरिएको छ । उत्तम सन्तानको कामनाले पनि यस व्रत बस्न सकिनेछ ।
ग्रहहरुका राजा सूर्य यदि कसैको कुण्डलीमा कमजोर अवस्थामा बसेको छ भने विशेषगरी आत्मबल कमजोर हुने, रिष उठ्ने, अरुको कुरा काट्न मनलाग्ने कामगर्न मन नलाग्ने लामो प्रयास पछि पनि सरकारी जागिरमा सफलता प्राप्त गर्न नसक्ने तेस्तै रोगले सदैब नछाड्ने व्यवसायमा घाटा हुने लगाएतका समस्या देखा पर्ने हुँदा सूर्यको बिधिपूर्वक पुजा तथा आरधना गरेमा शुभ हुने उल्लेख गरिएको छ ।
लामो समयसम्म डिप्रेसनमा भएका हरुले यस्तो प्रकारको पुजा तथा व्रत बसेमा सूर्यबाट आउने सकारात्मक उर्जाका कारणले उक्त समस्या बिस्तारै हटेर जाने पनि उल्लेख गरिएको छ । समस्त समस्याबाट छुट्करा पाउनका लागि विशेषगरी यस्तो प्रकारको व्रत बस्तुपर्ने शास्त्रमा उल्लेख गरिएको छ।