काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा सुदूरपश्चिम रोयल्सको लयको लयको बलिङले काठमाडौं गुर्खाज २९ रनले पराजित भएको छ ।
कीर्तिपुर मैदानमा टस जितेर १४८ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको काठमाडौंले १६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ११८ रन मात्रै बनायो ।
सुदूरपश्चिमले यस सिजनको पहिलो खेलमा जित नेकालेको छ । काठमाडौंले भने यस सिजनमा एक हार र एक जिते निकालेको छ । उद्घाटन खेलमा काठमाडौंले जनकपुर बोल्टसलाई पराजित गरेको थियो ।
काठमाडौंलाई लक्ष्य अगावै रोक्न सुदूरपश्चिमका हेमन्त धामीले महत्त्वपूर्ण दुई विकेट लिए । उनले ओपनर बेन चार्ल्सवर्थ र भीम सार्कीको विकेट लिए ।
हेमन्तले बेनलाई दोस्रो ओभरको पहिलो बल र भीमलाई तीन ओभरको चौथो बलमा आउट गरे ।
हर्मित सिंहले जोश ब्राउनमार्फत् काठमाडौंका सबैभन्दा बढी रन बनाउने ब्याटर ओपनर आकाश त्रिपाठीलाई क्याच आउट गराए ।