काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार गरी कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन दिएकी छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिव र मन्त्रीहरूबीचको संयुक्त छलफलमा सम्बोधन गर्दै उनले सो निर्देशन दिएकी हुन्।
प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहमा उल्लेखनीय सुधार नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी सबै मन्त्रालयले ब्लूप्रिन्ट तयार गर्नुपर्नेमा जोड दिइन्।
‘गत भाद्र २३ र २४ गते भएको जेन जेड आन्दोलनको मर्म र भावनालाई ध्यानमा राख्दै, भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहमा उल्लेखनीय सुधार नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी सबै मन्त्रालयहरूले ब्लूप्रिन्ट तयार गरी कार्यान्वयन गर्नुहोस्,’ उनले भनिन्।