एकादशीकाे व्रत बस्नाले हामीले गर्नलागेका कार्यमा वृद्धि, मानसिक समस्याबाट मुक्ति लक्ष्मीकाे कृपा सदैब रहिरहने तथा धार्मिक र आत्ध्यात्मिक रुपमा मानिस बलियाे हुने शास्त्रमा उल्लेख गरिएको छ ।
एकादशीकाे व्रत सम्बन्धि विभिन्न पुराण तथा उपपुरण हरुमा व्याख्या गरिएको छ ।
विशेषगरी पद्ममहापुराणमा यसकाे व्याख्या विस्तारित रुपमा उल्लेख गरिएको छ ।
स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी।
कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी।।
न गङ्गा न गया राजन् न च काशी च पुष्करम्।
न चापि कौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात्।।
अर्थात् एकादशीकाे व्रत विधिवत् रुपमा बसेमा स्वर्ग,माेक्ष, आराेग्य,सुभार्या तथा उत्तम पुत्र प्राप्तिका साथै सदैब लक्ष्मीकाे साथ रहिरहने उत्तम व्रत नै एकादशिकाे व्रत हाे भनेर भनिएको छ ।
२०७७ साल आषाढ १७ गते बुधबार हरिशयनी एकादशी व्रत अर्थात् तुलशीकाे विरुवा राेपने एकादशीका नामले पनि प्रसिद्ध छ ।
केटिएम दैनिकको अनुमति बिना कुनै पनि सामाग्री कपी नगर्नुहोला ।
हरेक वर्ष आषाढ शुक्ल पक्षकाे एकादशी देखि भगवान् विष्णु चार महिनाका लागि पाताललाेकमा गई राजा बलिकाे ढाेकामा निवास गर्नुहुने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।
आजका दिनदेखि कार्तिक शुक्लपक्षकाे एकादशी बाट मात्रै फर्किएर पुनः वैकुण्ठमा आउने कुरा विभिन्न पुराण हरुमा उल्लेख गरिएको छ ।
यसैलाई नै चाैमासा अर्थात आषाढ शुक्ल पक्षदेखि कार्तिक शुक्ल पक्षकाे एकादशी ठुली एकादशी सम्मलाई चाैमासा व्रत भनेर भनिएकाे छ । शास्त्रका अनुसार चाैमासा भरि विवाह लगाएतका कुनैपनि ठूला शुभकार्य गर्न नहुने भनेर शास्त्रमा उल्लेख गरिएको छ ।
प्रत्येक महिनाकाे शुक्ल पक्ष एवं कृष्ण पक्षमा एक एक आाेटा एकादशी पर्ने गर्दछ एक महिनामा दुईवटा एकादशी र वर्षभरिमा २४ वटा एकादशी पर्ने गर्दछ । तर अधिक मास अर्थात मलमास परेकाे वर्षमा दुईवटा एकादशी थपिन गई अधिकमास परेकाे वर्ष २६ आेटा एकादशी पर्ने गरेकाे उल्लेख गरिएको छ ।
यस वर्ष आश्विन महिनामा मलमास अर्थात अधिक मास परेकाले यसवर्ष २६ आेटा एकादशीकाे संयाेग परेकाे छ । यस्ताे समयलाई विशेष रुपमा लिने गरिएको छ । सनातन हिन्दू धर्मावलम्बीहरुले प्रयाेगगर्ने पञ्चाङ्ग गणनामा चान्द्र गणना पद्धतिमा आधारीत रहेर तिथिहरुकाे गणना गरिएको हुन्छ ।एकादशी भगवान विष्णुकाे प्रिय तिथि हाे । आजका दिन घरमा तुलशी राेपेमा समस्त राेगबाट मुक्ति मिल्ने पनि उल्लेख गरिएको छ । जसले घरमा तुलशी राेप्छ उक्त घरमामा लक्ष्मीकाे बाँस सदैब रहिरहने पनि शास्त्रमा उल्लेख गरिएको छ ।
अश्वमेधसहस्राणि राजसूयशतानि च ।
एकादश्युपवासस्य कलां नार्हन्ति षोडशीम् ।।
एकादशीकाे व्रत बस्नाले हजारौं अश्वमेध यज्ञ गरेकाे फल बराबर एकादशी व्रत वस्नाले प्राप्त गर्न सकिने पनि शास्त्रमा उल्लेख गरिएको छ । नयाँ व्रत वस्ने हरुका लागि याे समय अति उपयोगी रहने ज्याेतिषी हरुले जानकारी गराएका छन् । अहिले गुप्त नवरात्रकाे समय चलिरहेकाे छ भने अस्तकाे समय पनि नभएकाले व्रत वस्नका लागि अति उपयाेगी समय रहेकाे समेत जानकारी गराएका छन् ।
लेखक रिजाल ज्याेतिष तथा वस्तुविद् हुन ।
उनी दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव समेत हुन ।
सम्पर्क ९८५१०६११२४
ईमेल rijal.suresh123[at]gmail.com