२०७७ साल आषाढ शुक्लपक्ष असार ११ गते विहीवार चतुर्थी तिथि श्लेषा नक्षत्र चन्द्रमा सिंह राशिमा
मेष राशि : सन्तान सुखपाउनुका साथै तपाइको वुद्धिको प्रशंसा बढ्नेछ । चौतर्फ लाभको समय छ । प्रेम तथा दाम्पत्य जीवनमा सुमधुरता वढेर जानेछ । घर परिवारको सुखमा वृद्धि हुने देखिन्छ ।
वृष राशि : अचल सम्पतिको साथै वाहान सुखपाउन सक्ने समय छ । मनमा भने आर्थिक गतिविधी सम्वन्धि कुरा खेल्ने कारणले गर्दा समस्या हुनेछ । घर तथा परिवारको सुख प्राप्त गर्नु हुनेछ ।
मिथुन राशि : थोरै मेहनतमा पनि धेरै राम्रो प्रतिफल पाउन सक्ने समय छ । पराक्रम बढेर जानुका साथै साथ र सहयोग गर्नेको वृद्धि हुनेछ । आर्थिक समस्याले भने सताउने छ ।सापटी दिएको धन आउने छैन ।
कर्कट राशि : धेरै नै संम्यमता अपनाएर व्यक्तिहरु सँग कुरा गर्नु होला अन्यथा मत मतान्तर हुन सक्छ । अचल सम्पत्ति किनवेच हुन सक्नुका साथै सभा सम्मेलनमा सहभागी हुने योग छ । आर्थिक आम्दानी बढ्ने देखिन्छ ।
सिंह राशि : तपाईको व्यत्तित्वको प्रभाव बढ्नुका साथै मान सम्मानमा वृद्धि हुनेछ । अचानक आर्थिक लाभ हुन सक्छ । देश विदेश घुम्ने अवसर प्राप्त गर्न सकिन्छ । नयाँ कपडाको लगाउन पाइने छ ।
कन्या राशि : धेरै संम्यमता अपनाउनु जरुरी छ अन्यथा नगरेको गल्तिमा फस्नुका साथै आरोप प्रत्यरोप लाग्न सक्नेछ । आर्थिक रुपमा केही हानि हुन सक्ने देखिन्छ । घर परिवारमा कसैको स्वाथ्यलाई समस्या आउन सक्छ । यात्रा नगर्नुहोला ।
तुला राशि : धेरै दिन बाट रोकिएको काम बन्नुका साथै आर्थिक लाभको समय बनेको छ । काममा प्रशंसा प्राप्तहुनुका साथै मान सम्मानमा वृद्धि भएर जानेछ । दाजु भाइ सँगको सम्वन्धमा मधुरता छाउने छ ।
वृश्चिक राशि : जागिर पाउन सक्ने अथवा पदोन्नतीको सम्भावना छ । काममा प्रशंसा प्राप्त हुनेछ भने व्यवसाय फस्टाएर जानेछ तथा सन्तान सुखका साथै परिवारमा रमाइलो हुनेछ ।
धनु राशि : पिताजीको स्वास्थ्यमा समस्या आउने कारणले गर्दा आर्थिक हानि हुनेछ । आउँदै गरेको वस्तु रोकिनुका साथै झुटा आरो लाग्नेछ । अरु वेला भन्दा बढी मेहनत गर्नुपर्ने देखिन्छ ।
मकर राशि : आगो र हात ह-तियार वाट जोगिनु होला चोट-पटकको सम्भावना छ । बिग्रेको काम भने बनेर जानेछ , रोकिएको धन प्राप्त हुनुका साथै साथिभाईहरुले तपाइलाई सहयोग गर्ने छन् ।
कुम्भ राशि : दाम्प्त्य जीवनमा भएको समस्या हटनुका साथै सम्वन्ध प्रगाढ बनेर जानेछ । व्यपार व्यवसायवाट मनग्गे लाभ हुने देखिन्छ । नयाँ कामको अवसर प्राप्त्हुन सक्नेछ भने नयँ व्यक्ति सँगको भेटले मनमा प्रशन्नता छाउने छ।
मीन राशि : शत्रुको कारण महत्वपूर्ण काम विग्रन सक्छ । देश विदेशको यात्रा गर्ने अवसर प्राप्तहुन सक्नेछ । सन्तान सुखको समय छ । स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नन सक्नेछ ।