पाल्पाको तानसेन नगरपालिका-११, सम्मोबारीमा पहिरोले ४ वटा सवारी साधन बगाएको छ ।
पाल्पा गुल्मी सडक खण्डमा सोमबार दिउँसो पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका नम्बर नखुलेको एउटा ट्यांकर, एउटा बोलेरो जीप, एउटा मिनी ट्रक र एउटा कार बगाएको प्रहरीले जनाएको छ ।
ती सवारी साधनमा कति मानिसहरु सवार थिए भन्ने यकिन जानकारी छैन । हालसम्म २ जनाको शव फेला परेको छ । एक जना गम्भीर घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल पठाइएको छ ।
अहिले घटनास्थलमा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित उद्धारकर्मीहरु पुगेका छन् । उक्त पहिरो डेढ सय मिटर लामो छ । अहिले पहिरो हटाउने काम भइरहेको छ ।
माथिबाट पहिरो खस्ने क्रम नरोकिएका कारण उद्दारमा कठिनाई भइरहेको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए ।
र यो पनि पढ्नुहोस् :