गुल्मी, ६ असार । गुल्मीमा होम क्वारेन्टिनमा मृत्यु भएका एक व्यक्तिको कोरोना भाइरस संक्रमण रिपोर्ट पोजिटिभ आएको छ ।
गुल्मी छत्रकोट गाउँपालिका–५ मैनडाँडाका ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको थियो ।
मृतका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो र उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिएका छन् ।
मृतक प्यारालाइसेसको बिरामी थिए ।
जेठ २५ गते भारतबाट आएर उनी होम क्वारेन्टिनमा बसेका थिए ।
क्वारेन्टिनमा बस्न नसक्ने भएपछि छोरी ज्वाईले हेरचाह गर्ने गरी होम क्वारेन्टिनमा राखिएको थियो ।
मृतकको शवलाई शुक्रबार नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिएका छन् ।