काठमाडौंको चन्द्रागिरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको निधन भएको छ भने दुईजना घाइते भएका छन् ।
चन्द्रागिरी नगरपालिका-१५ ढुङ्गेअड्डामा ना.६ ख ६६१५ नम्बरको ट्रकले प्र.३ -०२-०१ प ८२५२ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार धादिङ धुनिवेसी नगरपालिका-९ घर भई हाल चन्द्रागिरी
नगरपालिका-१ दहचोक बस्ने ४५ वर्षीय राजकुमार सुनारको मृत्यु भएको छ ।
ठक्करबाट घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार १ जना र पैदलयात्री १ जना समेत २ जनाको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचार भइरहेको छ ।
दुवै सवारीलाई नियन्त्रणमा लिएर हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।