नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २५ औं वार्षिक साधारणसभाले ११ प्रतिशत लाभांश पारित गरेको छ ।
शुक्रबार नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादीमा आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो ।
सभामा प्रस्ताव गरिएको ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांस गरी जम्मा ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको बैंकले जनाएको छ । सभाबाट पारित बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी रु ११ अर्ब ५१ करोड ४६ लाख ७८ हजार १४ पुग्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आर्थिक वर्ष २०७८/७९ मा बैंकको निक्षेप परिचालन २७.७१ प्रतिशतले बृद्धि भई रू. १४१ अर्ब ५० करोड पुगेको छ । त्यसै गरी बैंकले रू. १२४ अर्ब ८७ करोड खुद कर्जा प्रवाह गरी २७.०१ प्रतिशतको वृद्घि हासिल गरेको छ ।
हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा र १४४ एटिएम र १५ एक्टेन्सन काउण्टर मार्फत आÇना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको जनाएको छ ।