त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा अवैध मुद्राहसहित एक विदेशी नागरिक पक्राउ परेका छन् ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार शनिबार फ्लाइ दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका थाईल्याण्डका नागरिकबाट अष्ट्रेलियन डलर ५८ हजार ४०० र अमेरिकन डलर १५ हजार ७०० बरामद गरिएको हो ।
MR. PONGPHOJ SINSUWAN नाम गरेका ती पुरुषले बिमानस्थलमा लिएर आएको ब्यागमा उक्त परिमाणको विदेशी मुद्रा फाले परेको हो । अवैध रुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएको उक्त मुद्रासहित ती व्यक्तिलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि हिजो (आइतबार) राजश्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको छ ।