काठमाडौं महानगरपालिका (कामपा) ले एकैपटक सम्पत्ति र घरबाहल कर नबुझाउने ४१ ठूला करदातालाई कर बुझाउन पत्राचार गरेको छ । यसअघि भदौ २१ गते १७ कम्पनीलाई पत्राचार गरेको महानगरले असोज ५ गते थप ४१ कम्पनीलाई कर तिर्न निर्देशन दिँदै पत्र काटेको हो ।
महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले बुधबार सम्पत्ति कर बुझाउन पत्र काटिएको जानकारी दिए । ठूला करदातालाई करको दायरामा ल्याउने अभियान अन्तर्गत काठमाडौं महानगरपालिकाले १० दिन भित्र सम्पत्ति कर बुझाउन बुधबार विभिन्न संघसंस्था, व्यक्ति, कम्पनी र सरकारी निकाय गरी ४१ करदाताहरुलाई घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न निर्देशन दिएको छ । ठूला करदाताहरुबट कर असुल गरेपछि अन्य सानाहरु पनि करको दायरामा आउने महानगरको अनुमान छ ।
उक्त पत्रमा भनिएको छ– ‘काठमाडौं महानगरपालिकाबाट सम्पत्ति कर बुझाउन पटक पटक ताकेता हुँदै आएकोमा हालसम्म पनि नबुझएको हुँदा विवरण सहित यस पत्र प्राप्त भएको मितिले १० (दश) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसारको सम्पत्ति कर र सो को जरिवाना सहित बुझाउनुहुन अनुरोध छ । अन्यथा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारवाही गरी बाँकी कर रकम सरकारी बाँकी सरह असूलउपर गरिने व्यहोरा जानकारीको लागि अनुरोध छ ।
महानगरले पत्र काटेको यी हुन् ४१ कम्पनीः–
काठमाडौं महानगरपालिकाले पेप्सी उत्पादक कम्पनी बरुण वेभरेज, रेडक्रम, स्काउट, रञ्जना ट्रेड सेन्टर, वल्र्ड ट्रेड सेन्टर, सिभिल मल र सीटीसी मलसम्मलाई एकसाथ पत्र काटिएको हो । १० दिनभित्र करदाताले वडा कार्यालयमा पुगेर आफ्नो सम्पत्ति र घरबहाल कर नतिरेमा सरकारी बाँकी सरह असुल उपर गरिने सूचनामा उल्लेख छ ।
- जय नेपाल हल, हात्तीसार
- इम्पेरियल अपार्टमेन्ट, नक्साल
- सगरमाथा इन्स्योरेन्स नक्साल
- ग्लोबल ट्रेडिङ कन्सर्न, वडा नम्बर १
- पूजा इन्टरप्राइजेज प्रालि, वडा नम्बर १
- ल्यान्डमार्क होटल, वडा नम्बर १
- ओम सान इन्टरनेसनल कलेज, वडा नम्बर ७
- वल्र्ड ट्रेड सेन्टर, वडा नम्बर ११
- सिभिल मल सुन्धारा, वडा नम्बर ११
- सीटीसी मल सुन्धारा, वडा नम्बर ११
- एनआरटी क्लब, वडा नम्बर ११
- बुद्धबारी कम्प्लेक्स, वडा नम्बर १२
- सिग्नेचर अपार्टमेन्ट, वडा नम्बर १२
- काठमाडौं इन्जिनियरिङ कलेज, वडा नम्बर १३
- नेपाल रेडक्रम सोसाइटी, वडा नम्बर १३, २८
- ब्लु बर्ड इन्भेष्टमेन्ट, वडा नम्बर १३
- होटल प्लाटिनियम (महाविर प्यालेस) वडा नम्बर १३
- आदर कम्प्लेक्स (बल्खु) वडा नम्बर १४
- ब्याट्री कारखाना (बालाजु) वडा नम्बर १६
- सिद्धार्थ वनस्थली स्कुल, (बनस्थली) वडा नम्बर १६
- एड्भान्स अटोमोबाइल प्रालि, वडा नम्बर २०
- भिजी अटोमोबाइल्स प्रालि, वडा नम्बर २०
- आर्दशनगर बिजनेस प्रालि, वडा नम्बर २२
- रञ्जना ट्रेड सेन्टर, वडा नम्बर २२
- नेपाल स्काउट, वडा नम्बर २६
- नेपाल सेन्टर फर डेभलपमेन्ट एन्ड पोलिसी स्टडिज प्रालि, पुतलीसडक, वडा नम्बर २८
- नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन, वडा नम्बर २८
- स्टार होल्डिङ्स, पुतलीसडक वडा नम्बर ३०
- पुण्य मेन्सन प्रालि, पुतलीसडक, वडा नम्बर २०
- रिद्धिसिद्धि डेभलपर्स, वडा नम्बर ३२
- वरुण वेभरेज प्रालि, वडा नम्बर ३२
यी संघसंस्थाका अलवा महानगरले निम्न व्यक्तिहरूलाइ समेत पत्र काटेकाे छ
- रवीन्द्रबहादर मल्ल
- सुभाषकुमार घिमिरे/सानुभाइ बखुन्छे
- मसिना अमात्य
- रविना श्रेष्ठ
- शिशु अर्याल
- योगनाथ पौडेल
- प्रदीपरत्न ताम्राकार/विजयरत्न ताम्राकार
- बसुन्धरा तुलाधर
- पुरुषेत्तम संघइ
- किरण संघइ
यसअघि भदौ २१ गते कामपाले खाद्य संस्थान थापाथली, ह्वाइट फिल स्कूल नयाँबजार, रञ्जना ट्रेड सेन्टर न्यूरोड, साझा भण्डार भोटाहीटी, राष्ट्रिय नाचघर जमल, चेम्बर अफ कमर्स जमल, कर्मचारी सञ्चय कोष ठमेल, नेपाल विद्युत प्राधिकरण रन्तपार्क, नेशनल ट्रेडिङ्ग लिमिटेड सिंहदरवार, नेपाली जामे मस्जिद बागबजार, कृषि सामाग्री संस्थान टेकु, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल स्वयम्भु, आरबि कम्प्लेक्स न्यूरोड, काठमाडौं प्लाजा पुतलीसडक, नेपाल सेयर मार्केट पुतलीसडक, सिविक हस्पिटल प्रालि र डेन्टल कलेज सामाखुसीलाई सम्पत्ति कर बुझाउन पत्र काटेको हो ।